सरकार गन्तव्यहीन देखियो – माओवादी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
3.5K
SHARES

१९ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् ।पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताए ।

उनले भने, ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यसपटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ । त्यस्तो ल्याएको देखिन्छ ।’उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छेलेर आफू अनूकुलको योजना राख्न खोजेको आशंका गरे ।