सुनको मूल्य बढ्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २२ २०८२
2.1K
SHARES
२२ वैशाख काठमाडौं । नेपाली बजारमा सोमबार (वैशाख २२) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ६०० रुपैयाँ कायम छ । आइतबार (वैशाख २१) छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट