आयआर्जन अवसरसहितको बस्ती विकास गरौं – उपप्रधानमन्त्री सिंह
२२ वैशाख काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन् ।राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए ।उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवपास कम्पनीलाई विशेष महत्त्व दिलाएको पनि बताए ।
सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे तयसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए ।‘जनताको अपेक्षा धेरै छ । कम्पनमिा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने