सरकार जवाफ दिन तयार भएन – सांसद शर्मा


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२
3.6K
SHARES

२३ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकार तयार नभएको बताएका छन् । मंगलबार (वैशाख २३) प्रतिनिधिसभा बैठकमा उनले ‘शून्य समयलाई शून्यमै उडाउने भए बन्द गर्न’ आग्रह गरे ।

“सरकार समाधानतिर होइन, जवाफ दिन पनि तयार छैन । यो गैरजिम्मेवारी किन ?,” उनले भने, “कि शून्य समयमा शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ । होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनका लागि माग गर्छु ।”

उनले गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भीसीहरू किन खाली भइरहेका छन्, स्वास्थ्य बिमाको किन भुक्तानी गरिँदैनलगायत प्रश्न रहेको बताए । तर, प्रश्नको बेवास्ता भइरहेको उनको भनाइ थियो ।