तोलामा ५ हजार ४ सयले बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२
2.4K
SHARES

२३ वैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।