मोदीले गरे भ्रमण स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२
2.1K
SHARES

२४ वैशाख काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन् । भारतका एक वरिष्ठ सरकारी अधिकारीले मोदीले आसन्न विदेश भ्रमण स्थगित गरेको बताएका छन् ।भ्रमण स्थगितको कुनै आधिकारिक कारण दिइएको छैन । तर, भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको केही घण्टापछि मोदीले विदेश भ्रमण स्थगित गरेका हुन् ।

पाकिस्तानमाथि गए राति गरिएको आक्रमणका विषयमा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिकरूपमा बोलेका छैनन् ।भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गर्दा २६ जना पाकिस्तानीको मृत्यु भएको छ । आक्रमणमा परी ४६ जना पाकिस्तानी घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।भारतले गए राति पाकिस्तानमाथि गरेको हवाई आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।