२० करोड लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२
1.6K
SHARES

२५ वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ।राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकममध्ये १६ करोड लाख रुपैयाँ वाणिज्य बैंकमा, ३ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले वैशाख २८ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप २०८२ जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।