अब लोडसेडिङ हुँदैन – मन्त्री खड्का
२६ वैशाख काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको अहिलेको यथार्थ श्वेतपत्रमार्फत बाहिर ल्याइएको दाबी गरेका छन् ।शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको बताए । उनले छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गराउने बताए ।
प्राधिकरणको श्वेतपत्रप्रति सांसदहरूले राखेका धारणाप्रति मन्त्री खड्काले आफ्नो धारणा राख्न सांसद स्वतन्त्र रहेको प्रतिक्रिया दिए । उनले संसद् अधिकारसम्पन्न रहेकाले संसदीय समिति बनाएर छानबिन गरे अझ राम्रो हुने टिप्पणी गरे ।त्यस्तै, मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने पनि बताए ।