विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२
1.5K
SHARES

३० वैशाख काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु हुनेछ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । २८ गते नै सरकारको नीति तथा कार्यक्रम पारित भएकाे थियो ।