चिनियाँ नेता सियाओ जी काठमाडौंमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०८२
1.8K
SHARES

१ जेठ काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् ।  उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदै छ ।