झ्यापझ्याप बत्ती जानु सरकारको आयुको संकेत हो – सांसद दुर्गा राई


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२
2.2K
SHARES

४ जेठ काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले बिजुली गइरहेको विषयलाई सरकारको आयुसँग जोडेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद राईले झ्यापझ्याप जानु सरकारको आयुको संकेत हो भनेर प्रश्न गरेकी हुन् ।

“आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,” उनले प्रश्न गरिन् ।

माओवादीकै सांसद सूर्यमान तामाङ दोङले पनि नेपाली जनता अँध्यारोमा बस्नुपर्ने हो भनी प्रश्न गरे । उनले ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए ।