विभिन्न जिल्लामा पानीसँगै चट्याङ
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ४ २०८२
1.4K
SHARES
४ जेठ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्दै अहिले आइतबार दिउँसो काठमाडौँसहित देशका विभिन्न जिल्लामा पानीसँगै चट्याङ पनि परिरहेकाले सतर्कता अपनाउन सुझाव दिएको छ।
आइतबार दिउँसो २ बजेर २२ मिनेटमा सूचना जारी गरी महाशाखाले भनेको छ: अहिले काठामाडौँ उपत्यका, सर्लाही, उदयपुर, ओखलढुंगा, सिन्धुपाल्चोक, गुल्मीसहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ। चट्याङ पनि परिरहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट