प्रहरीकी असइ कुन्जाङ छोपेल शेर्पाले गरिन् सगरमाथाको सफल आरोहण


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
1.8K
SHARES

६ जेठ काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छिन् । उनी सोमबार बिहान ०८ः५६ बजे सगरमाथाको चुरोमा पुगेकी हुन् ।

उक्त अवसरमा आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा लैंगिक हिंसाविरुद्धको नारासहितको ब्यानर फहराउन सफल भएको नेपाल प्रहरीले जनाएको छ । शेर्पासहितको आरोहण दल ०८१ चैत २८ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।