एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०८२
2K
SHARES

९ जेठ धनुषा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनबाट भोला यादव नेतृत्वको समूहलाई चयन भएको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

यस्तै, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा विजयी भएका छन् ।महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।