दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०८२
1.6K
SHARES

१० जेठ रूपन्देही । सडक भासिएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। रूपन्देही–नवलपरासी जोड्ने महत्त्वपूर्ण राजमार्ग अन्तरगत बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकको सडक भासिँदा यातायात ठप्प बनेको हो।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिमतर्फ पर्ने सो क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ। सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए। उनका अनुसार शुक्रबारदेखि अवरुद्ध भएको सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन।