मन्त्रालयको मूलढोकामा कर्मचारीको धर्ना


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२
1.6K
SHARES

११ जेठ काठमाडौं । संघीय निजामती सेवा विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको उनीहरूको जिकिर छ ।

सेवाअवधि भएको कर्मचारीलाई एक तह बढुवाको समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, संघ-प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग उनीहरुको छ । आन्दोलनमा नासु, खरिदार तहका कर्मचारी बढी सहभागी छन् ।

स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेकोनेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले बताए ।विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरूको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।मुख्यसचिव र सचिवलगायतका कर्मचारीले पनि २ वर्षे ‘कुलिङ पिरियड’ को व्यवस्था हटाउन माग गर्दै यतिखेर दौडधुप गरिरहेका छ्न् ।