मौद्रिक समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२
1.9K
SHARES

११ जेठ  काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आजै साँझ ल्याउने तयारी गरिरहेको छ।केन्द्रीय बैंकका सहायक सूचना अधिकारी डा भागवत आचार्यले मौद्रिक समीक्षा आजै साँझसम्म ल्याउने तयारी भइरहेको बताए। ‘कथमकदाचित केही अड्चन आएन भने आजै साँझ मौद्रिक समीक्षा आउँछ’, उनले भने।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले समीक्षा तयार गरेर व्यवस्थापन समितिमा पठाइसकेको छ। व्यवस्थापन समितिबाट पनि समीक्षामाथि लगभग छलफल सकेर आजै राष्ट्र बैंकको सञ्चालक समितिमा पठाइनेछ।

आज साँझ साढे ५ बजे सञ्चालक समितिको बैठक डाकिएको आचार्यले जानकारी दिए। ‘सम्भवतः त्यही बैठकले पारित गरेपछि मौद्रिक समीक्षा सार्वजनिक हुनेछ’, उनले भने।