एआई सेन्टर स्थापना


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०८२
1.9K
SHARES

१५ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले एआई सेन्टर स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गरिने बताएका हुन् ।

“कृत्रिम बौद्धिकता र मेसिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गरिनेछ, कृत्रिम बौद्धिकता व्यवसायका लागि सहजीकरण गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।