सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०८२
1.9K
SHARES

१६ जेठ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ ।

नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चले पनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन ।मुख्यमन्क्री शाहले नीति तथा कार्यत्रमलाई अन्तिम रुप लिएर प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन् ।