गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०८२
1.3K
SHARES

१७ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिनु निराधार र अनुचित भएको बताएका छन् ।

एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए ।

“प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु । तर, माग राख्दा वा विरोध गर्दा आधार चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्,” उनले भने, “एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई यो सरकार नै मन परेको छैन । उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।”