मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेको छैन – अध्यक्ष नेपाल
२२ जेठ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।अख्तियारमा मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको बताए ।
उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु । त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ । मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यसको प्रमाण पेस गरियोस् ।’