बैंकहरु ऋण असुलीमा केन्द्रित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
1.2K
SHARES

२३ जेठ काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु ऋण असुलीतर्फ केन्द्रित भएका छन् । चालु आर्थिक वर्षको मिति नजिकिँनै लाग्दा ब्यालेन्स सिट राम्रो देखाउन बैंकहरु ऋण असुलीमा लागेका हुन् । बैंकको ब्याजदर घटेपनि कर्जा प्रवाह भने बढ्न सकेको छैन ।

बैंकहरुलाई ऋण असुली गरेर वार्षिक रिपोर्ट राम्रो बनाउनुपर्ने चुनौती छ । नयाँ व्यवसाय बढाउन नसकेको अवस्थामा असुलीमा केन्द्रित भइ एनपीए घटाउनु पर्ने र नाफा बढाउनु पर्ने चुनौती रहेको बैंकरहरु बताउँछन्। लगानी अपेक्षाजनक नरहेको र कर्जा नोक्सानी बढिरहेको बेलामा असुली बाहेकको विकल्प नरहेको उनीहरुको भनाइ छ।