डोनाल्ड ट्रम्प र एलन मस्कबीच चिसियो सम्बन्ध, खनिए एक-अर्कामाथि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२
1K
SHARES

२३ जेठ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनीव्यक्ति एलन मस्कबीचको लामो समयदेखिको मित्रता अब खुला शत्रूतामा परिणत भएको छ। ट्रम्पले मस्कका कम्पनीहरुको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने धम्की दिएपछि मस्कले महाभियोग अर्थात् ट्रम्पलाई पदबाट हटाउनेसम्बन्धी पोस्टलाई समर्थन गरेर नयाँ छलफल सुरु गरेका छन्।

ट्रम्पको धम्कीपछि टेस्ला र स्पेसएक्सजस्ता मस्कका कम्पनीहरुलाई ठूलो झट्का लाग्न सक्छ। ट्रम्पले ट्रुथ सोसल मिडियामा लेखेका छन्, ‘हाम्रो बजेटबाट अर्बौंं डलर बचाउने सबैभन्दा सजिलो तरिका एलन मस्कको सरकारी अनुदान र सम्झौता समाप्त गर्नु हो। म सधैँ सोच्थेँ कि बाइडेनले यो पहिले किन गरेनन् ?’

राष्ट्रपति ट्रम्पले सरकारी सम्झौता रद्द गर्ने धम्की दिएपछि मस्कले ठूलो घोषणा गरेका छन्। उनले भनेका छन्, ‘स्पेसएक्सले अब आफ्नो ‘ड्रयागन’ अन्तरिक्षयानलाई निष्क्रिय पार्न थाल्नेछ।’यद्यपि मस्कले ट्रम्पको भनाइको एक शब्दमा ‘बदला’ लिएको र ‘जेसुकै होस्’ अर्थात ‘जस्तो ट्रम्प चाहना’ पनि लेखेका छन्।

ट्रम्पको धम्कीपछि मस्कको कम्पनी टेस्लाको शेयर वाल स्ट्रिटमा तीव्र रुपमा घटेको छ। टेस्लाको शेयरभाउ १४.३५ प्रतिशतले घट्यो र कम्पनीको बजारमूल्यमा लगभग १५० अर्ब डलरको घाटा भयो। जुन टेस्लाको इतिहासमा एक दिनको सबैभन्दा ठूलो गिरावट हो। शेयर बजार बन्द भएको केही मिनेटपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगका लागि आह्वान गरिएको एक्समा पोस्टको जबाफमा ‘हो’ लेखे।

ड्रयागन स्पेसएक्सको मुख्य चालक दल र कार्गो सवारीसाधन हो। जुन नासाको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा मिसन पठाउन प्रयोग गरिन्छ। यो अमेरिकाबाट मानिसलाई आईएसएसमा लैजाने एक मात्र निजी प्रणाली हो।

अर्को पोस्टमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘एलन मस्याा रिसाएका थिए, त्यसैले मैले उनलाई छोड्न भनेँ। मैले उनको ईभी म्यान्डेट फिर्ता लिएँ। जसअन्तर्गत सबैलाई विद्युतीय कारहरु किन्न बाध्य पारिएको थियो। जुन अरु कसैले किन्न चाहँदैनथे। यद्यपि, एलन मस्कलाई धेरै पहिले थाहा थियो कि म यो गर्न जाँदैछु र उनी रिसाएका थिए।’

ट्रम्प र मस्कबीचको शब्द युद्ध यहाँ रोकिएन। मस्कले व्यक्तिगत आक्रमण पनि गरे र दाबी गरे, ‘म बिना ट्रम्पले चुनाव हार्न सक्थे। मैले ट्रम्पको पुनरागमनका लागि कम्तीमा २५ करोड डलर खर्च गरेँ र अहिले हेर्नुहोस् ट्रम्प कति स्वार्थी भए।’मस्क ह्वाइट हाउसको सरकारी दक्षता विभाग (डीओजीई)का प्रमुख थिए। जुन सरकारी फजुल खर्चमा नजर राख्न सिर्जना गरिएको थियो।