जितको खोजीमा नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२
1.3K
SHARES

२५ जेठ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।गएको सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले बुधबार नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो ।स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट रंगशालामा नेपाल र घरेलु टोलीबीचको खेल आइतबार नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

विश्वकप लिग–२ मा १८ खेल खेलेको स्कटल्यान्ड २२ अंकका साथ तालिकाको चौथो स्थानमा छ । १४ खेलबाट १० अंकको नेपाल सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग–२ आईसीसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।सन् २०२७ सम्म चल्ने यो लिगको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछन् । पुछारमा रहने चार टोलीले विश्वकप छनोटका निम्ति प्लेअफ खेल्नुपर्नेछ ।