चार यात्रु ११ जुनमा अन्तरिक्षमा जाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
4.2K
SHARES

२७ जेठ काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो)ले आफ्नो एक्स अकाउन्टमा एक्सिओम–४ मिसनको प्रक्षेपणसँग सम्बन्धित नयाँ जानकारी दिएको छ ।

मौसमी कारणको आधारमा एक्सिओम–४ मिसनअन्तर्गत भारतीय अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउने मिति १० जुन २०२५ बाट परिवर्तन गरी ११ जुन २०२५ गरिएको छ । यो मिसन अब ११ जुन २०२५, भारतीय समय अनुसार साँझ ५ः३० बजे प्रक्षेपण गरिन ईसरोले जनाएको छ ।

यो मिसनको एक प्रमुख सदस्य भारतीय वायुसेनाका ग्रुप क्याप्टन शुभांशु शुक्ला पनि हुनेछन् । उनी सन् १९८४ मा राकेश शर्मापछि अन्तरिक्ष यात्रा गर्ने दोस्रो भारतीय हुनेछन् ।

राकेश शर्मा सोभियत संघको मिसनमा सहभागी भई अन्तरिक्ष पुगेका थिए । करिब ४० वर्षपछि भारतीयले फेरि अन्तरिक्ष यात्रा गर्न लागेका हुन् ।