शोधनान्तर र चालु खाता दुवै बचतमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
1.3K
SHARES

२७ जेठ काठमाडौं । मुलुकको शोधनान्तर बचत बढेर चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २३ करोड डलर बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।समीक्षा अवधिमा चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४५ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा बढेर एक अर्ब ८९ करोडले बचतमा छ ।