आज पनि चल्न सकेन सदन


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२
1.3K
SHARES

२८ जेठ काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन् ।

अर्को बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।सभामुख घिमिरेले सदन सञ्चालनका लागि पटकपटक आग्रह गरे पनि विपक्षी दलहरूले मानेनन् । उनले आफू दलीय आधारमा बोल्न दिन तयार रहेको तर सबै सांसद बस्नुपर्ने बताएका थिए ।

आज सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका थिए । उनीहरू उभिएलगत्तै सत्तापक्षका केही सांसदले आपत्ति जनाएका थिए ।