४२०० ले बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०८२
1K
SHARES

३० जेठ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४२ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।