सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १० २०८२
1.1K
SHARES
१० असार काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलाको २ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट