२९०० रुपैयाँ घट्यो सुन , आज कति पर्छ ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
1.3K
SHARES

१३ असार काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।