आर्थिक विधेयक २०८२ पारित


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १४ २०८२
1.4K
SHARES

१४ असार काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो ।

आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरुमाथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए ।

करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउनेलगायतका विषयहरु आर्थिक ऐनको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।