अर्थतन्त्रको आकार ४ खर्बले बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २६ २०८२
1.5K
SHARES

२६ असार काठमाडौं । एक वर्षमा नेपालको अर्थतन्त्रको आकार ४ खर्बले वृद्धि भएको छ । चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको छ । जबकि गत आर्थिक वर्ष यस्तो आकार ५७ खर्ब थियो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा राजस्व पनि ७७.३४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको छ । २०८२ असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, पुँजीगत खर्चमा समेत गत वर्षको भन्दा ३६ अर्बले वृद्धि भएको छ । २०८२ असर २६ गतेसम्म २ खर्ब ८ अर्ब पुँजीगत खर्च भएको छ ।