काठमाडौं महानगरले आइतबार बजेट ल्याउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
2.6K
SHARES

२७ असार काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आइतबार (असार २९ गते) बजेट ल्याउने भएको छ । आज बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।

कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनिउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।