विदेश भ्रमणमा जाने नेपालीले तीन हजार डलर साट्न पाउने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1.3K
SHARES
२७ असार काठमाडौं । भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीले पाउने डलर सटही सुविधा रकम बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपाली नागरिकलाई हाल एकपटकमा २५ सय अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेको छ । अब यो सुविधा वृद्धि गरी ३ हजार डलर कायम गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट