जापान सरकारबाट थप ५ अर्ब ३० करोड ऋण लिइने


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३२ २०८२
1.6K
SHARES

३२ असार काठमाडौं । सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब ३० करोड १० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ । सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी समेत गरिरहेको छ ।