सुनचाँदीको मूल्य बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.3K
SHARES

१ साउन काठमाडौं । नेपाली बजारमा सुनचाँदीकै मूल्य मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।