आइएमई लाइफले भुक्तानी गर्यो ४ करोड ८५ लाख दाबी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.3K
SHARES

१ साउन काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार महिनामा ४ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले १०७ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।

कम्पनीले २३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड ८० लाख ३० हजार ३२७ रुपैयाँ प्रदान गरेको छ । २४ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत २ करोड ३७ लाख ८१ हजार ५३३ रुपैयाँ प्रदान गरेको छ भने ६० वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत ६७ लाख ६६ हजार ७६४ रुपैयाँ प्रदान गरेको जनाइएको छ ।दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।