उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने दबाबमा नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ५ २०८२
1.5K
SHARES

५ साउन काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम दिन आज नेपाली राष्ट्रिय टोलीले उपाधिका निम्ति घरेलु टिमसँग प्रतिस्पर्धा गर्दै छ । नेपाललाई प्रतियोगिताको च्याम्पियन बन्न आज जित्नैपर्ने दबाब छ ।यसअघि, पहिलो चरणमा बंगलादेशसँग ३–२ को हार बेहोरेको नेपाल आज बदलासहित उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो । चौथो खेलमा पुनः श्रीलंकालाई ७–० ले नै हराएको नेपालले पाँचौँ खेलमा भुटानमाथि ८–० को जित हासिल गर्‍यो ।

पाँच खेल चारमा जितसहित १२ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १५ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।बंगलादेशको ढाकामा हुने खेल नेपाली समयानुसार बेलुका ६ः४५ बजेदेखि सुरु हुनेछ ।