५ करोडको चिउरा आयात


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ६ २०८२
2.2K
SHARES

६ साउन काठमाडौँ । नेपालले गत आर्थिक वर्षमा ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ । भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको हो ।

भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार  चिउरा नेपालले भारतबाट मात्रै आयात गर्दा ७२ लाख भन्सार महसुल सङ्कलन गरेको छ ।  यस्तै नेपालले इन्डोनेसिया र भारतबाट भुजा आयात गरेको छ ।  भारतबाट  १० लाख ६७ हजार रुपैयाँ बराबरको १८ हजार केजी र  १० केजी भुजा इन्डोनेसियाबाट आयात गरेको छ ।