डेढ घण्टामा नौ अर्बको सेयर कारोबार


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
1.1K
SHARES

७  साउन काठमाडौं । सेयर बजार लगातार उकालो लागेसँगै दैनिक कारोबार रकम पनि बढ्दै गएको छ । ११ बजे खुलेको बजारमा १२ बजेर ३० मिनेट जाँदासम्म साढे एक घण्टमा नौ अर्ब चार करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उक्त अवधिमा दुई करोड दुई लाख ३४ हजार ४२२ कित्ता सेयर खरिदबिक्री भएको छ । सो अवधिमा ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयर मूल्य प्रतिकित्ता ५८९ रुपैयाँ ३० पैसा पुगेको छ । सान्भी इनर्जीको सेयर मूल्य ५२५ रुपैयाँ ४० पैसा पुगेको छ ।

मंगलबार २० अर्ब आठ अर्ब ५३ करोडको सेयर खरिदबिक्री भएको थियो । हालसम्मको सर्वाधिक मूल्यको सेयर कारोबार गत वर्ष साउन ३१ गते भएको थियो । यो दिन २९ अर्ब ९५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।