साढे १० अर्बको ९ करोड किलो स्याउ आयो


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
950
SHARES

७ साउन काठमाडौं । गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले साढे १० अर्ब रुपैयाँको स्याउ आयात गरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकले एक वर्षमा १० अर्ब ५५ करोड ७५ लाख ६९ हजार रुपैयाँको ९ करोड २ लाख ५३ हजार १ सय २५ किलो स्याउ आयात भएको देखाएको छ ।

उक्त परिमाणको स्याउ आयात हुँदा भन्सार विभागले २ अर्ब ११ करोड ६९ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४४ करोड रुपैयाँको ८ करोड २१ लाख किलो स्याउ आयात भएको थियो । उक्त परिमाणमा स्याउ आयात हुँदा २ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।