प्रो लिगको क्लब अल–नासर पुगे इनिगो मार्टिनेज


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
1.4K
SHARES

२५ साउन काठमाडौं । स्पेनिस रक्षक इनिगो मार्टिनेजलाई साउदी प्रो लिगको क्लब अल–नासरले अनुबन्ध गरेको छ । साउदी प्रो लिगको क्लब मार्टिनेजले आइतबार मार्टिनेजलाई अनुबन्ध गरेको जनाएको हो ।समरमा अल नासरले अनुबन्ध गरेको मार्टिनेज दोस्रो खेलाडी हुन् । नासरले यसअघि चेल्सीबाट पोर्चुगिच फरवार्ड जाओ फेलिक्सलाई अनुबन्ध गरेको थियो ।

“अल–नासर स्पेनिस स्टार इनिगो मार्टिनेजलाई फ्री एजेन्टमा भित्र्याएको घोषणा गर्दछ,” साउदी क्बले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “इनिगोको सम्झौता सन् २०२६ सम्म रहनेछ ।”

३४ वर्षीय स्पेनिस रक्षक मार्टिनेजले गत सिजन बार्सिलोनाबाट स्पेनिस घरेलु फुटबलका तीन उपाधि जितेका थिए । रियाल सोसिडाडबाट व्यावसायिक करियर सुरु गरेका मार्टिनेज सन् २०१८ मा एथ्लेटिको बिल्बाओमा अनुबन्धित भएका थिए । सन् २०२३ मा बार्सिलोनासँग जोडिएका मार्टिनेजले यो क्याटालन क्लबबाट २१ क्याप जितेका छन् ।