वाणिज्य बैंकहरुको नाफा ७१ अर्ब ५१ करोड


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३१ २०८२
3.7K
SHARES

३१ साउन काठमाडौ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार बैंकहरुको कुल नाफा अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशतले बढेर ७१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए।

सार्वजनिक विवरण अनुसार १६ वटा बैंकको नाफा बढेको छ भने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई, एनआइसी एशिया र सिटिजन्स बैंकको नाफा घटेको छ।

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रह्यो। यसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (६ अर्ब ७५ करोड) र तेस्रोमा ग्लोबल आइएमई बैंक (६ अर्ब २० करोड) रहेका छन्। प्रभु बैंकले ५ अर्ब ४४ करोड, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड, कृषि विकास बैंकले ४ अर्ब १५ करोड र लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन्।

यसैगरी, प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड, नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबी बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड नाफा कमाएका छन्।

नेपाल एसबिआईले १ अर्ब ८० करोड, हिमालयन बैंकले १ अर्ब ५१ करोड, सिटिजन्स बैंकले १ अर्ब २९ करोड र एनआइसी एशियाले १६ करोड १५ लाख नाफा आर्जन गरेका छन्।