बढ्यो सुन चाँदीको मूल्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२
1.2K
SHARES

५ भदाै काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २२ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।