साफ यू–१७ च्याम्पियनसिप : नेपाल पहिलो जितको खोजीमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ६ २०८२
2.6K
SHARES

६ भदौ काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा पहिलो जितको खोजीमा रहेको नेपालले आज भुटानको सामना गर्दै छ । नेपाल यसअघि उद्घाटन खेलमा भारतसँग ७–० ले पराजित भएको थियो ।

यता, भुटान पनि पहिलो जितको खोजीमा छ । भुटान यसअघि पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।  खेल शुक्रबार नेपाली समयअनुसार भुटानको थिम्पिुस्थित चिङलिमिथाङ रंगशालामा साँझ ५ : ४५ बजे हुनेछ ।

अंक तालिकामा समान तीन अंक जोडे पनि भारत गोल आधारमा शीर्ष स्थानमा छ । बंगलादेश दोस्रो स्थानमा छ ।अंकविहीन भुटान र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिता अगष्ट ३० सम्म हुनेछ । प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारतको सहभागिता छ ।  प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिअनुसार सञ्चालित छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।