पेड्रीप्रेरित बार्सिलोनाको पुनरागमन जित


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ८ २०८२
1.4K
SHARES

८ भदौं काठमाडौं । मिडफिल्डर पेड्रीप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्तेविरुद्ध ३–२ पुनरागमन जित निकालेको गरेको छ । पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले खेल आफ्नो पक्षमा पारेको हो ।शनिबार सिउडाडडे भ्यालेन्सिया रंगशाला पाहुना टोली बार्सिलोनाका निम्ति पेड्री र फेरान टोरेसले गोल गरे । बार्सिलोनाले अर्को एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त गरेको थियो । लेभान्तेका इभान रोमेरो र जोसे लुइस मोरालेसले गोल गरे ।

खेलको १५औँ मिनेटमा रोमेरोको गोलमार्फत लेभान्तेले अग्रता लिएको थियो । मोरालेसले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।पेड्रीले ४९औँ मिनेटमा गोल गर्दै बार्सिलोना खेलमा फर्कने संकेत दिएका थिए । ५२औँ मिनेटमा टोरेसले बराबरी गोल फर्काए ।

खेलको इन्ज्इुरी समयमा लेभान्तेका उनी एल्गेजाबालबाट आत्मघाती गोल हुन पुग्दा बार्सिलोनाले ३–२ को पुनरागमन जित निकाल्यो । लामिन यमलको क्रसलाई एल्गेजाबालले रोक्न खोज्दा आफ्नै पोस्टको जाली चुमेको थियो । बार्सिलोनाका मिडफिल्डर खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए ।लगातार दोस्रो जितसँगै ६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित लेभान्ते अंकविहीन हुँदै १८औँ स्थानमा छ ।