घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र ९ २०८२
1.4K
SHARES
९ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय ५० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट