रु. १००० दरका ४३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १० २०८२
1.4K
SHARES

१० भदौ  काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. १००० दरको नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु. १००० दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको हो। केन्द्रीय बैंकले ४३ करोड थान नयाँ नोट छाप्नेछ।इच्छुक कम्पनीले आउँदो अक्टोबर ९ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ।

योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ।