अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिङजुनबीच शिष्टाचार भेट
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र १२ २०८२
988
SHARES
१२ भदौ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ। भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमतिअनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नतिका विषयमा छलफल भएको छ।
यसैगरी नेपाल र चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयनलगायतका विषयमा पनि छलफल भएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट