जबज इतिहास भइसक्यो – नेता खनाल


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १४ २०८२
1.4K
SHARES

१४ भदौ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जबज इतिहास भइसकेको भन्दै त्यसैको रटान लिएर बस्नुको अर्थ नभएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको बैठक समापन समारोहलाई सम्बोधन गर्दै अब वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘हामीले वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ। त्यसलाई नै हामीले प्रष्ट पार्नुपर्छ। लोकतान्त्रिक मुल्य मान्यतासहितको समाजवाद हुन्छ र? हामीले अब जबजको रटान होइन, वैज्ञानिक समाजवादकोृृ कार्यक्रम अघि बढाउँनुपर्छ ।’